• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » भूटानको मुख्य विपक्षी पीपुल्स पार्टीको बहुमत ७ नेपालीभाषी बिजयी
भूटानको मुख्य विपक्षी पीपुल्स पार्टीको बहुमत ७ नेपालीभाषी बिजयी

असार  ३० । भूटानको मुख्य विपक्षी पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले  संसदीय चुनाबमा स्पष्ट बहुमत ल्याएर बिजयी भएको छ ।

 नयाँ  चुनावी परिणामको अनुसार  ४७ सदस्यीय नेशनल एसेम्लीमा पीडीपीले ३२ सिटमा  जित हासील गरेको छ । उक्त निर्वाचनमा ७ जना नेपालीभाषीले समेत जित हासिल गर्दै सांसद बनेका छन् । यसरी सांसद बन्ने नेपालीभाषीहरुमा विपक्षीबाट उम्मेदवार बनेका ऋतराज क्षेत्री, एमके क्षेत्री, डीएन ढुङ्गेल, टेकबहादुर सुव्बा, नवीन दर्लामी, योगेश तामाङ र गोपाल गुरुङ छन् । निर्वाचनमा सत्तारुढ पार्टीले १४  सिट मात्र जितेको छ ।


 जसमा सरकार निर्णयका लागि २४ सिटमा जित आवश्यक थियो । पहिलो चरणको निर्वाचनमा दुई सिट जितेको पीडीपीले अनपेक्षित जित हाँसिल गरेको हो ।

भारत तथा भुटानबीच सम्बन्ध सधैँ मैत्रीपूर्ण रहे पनि भुटानको दोस्रो संसदीय निर्वाचनको समयमा थिम्पुलाई पकाउने ग्यास तथा मट्टितेलमा दिइएको अनुदान नयाँ दिल्लीले रोकेको कारणले सत्तापक्षले हार बेहोर्नु परेको राजनितिक बिश्लेषको भनाइ छ ।

 सत्ता पक्षसँग रुष्ट भारतको प्रभावले यो चुनावमा बिपक्षले बहुमत ल्याएको बताइएको छ । मतदान शान्तिपुर्ण तरिकाबाट सम्पन्न भएको अधिकारीहरुले बताएका छन ।

भुटानमा निर्वाचनको ४७  सीट को  लागि  ९४  उम्मेदवारले भाग लिएका थिए । 

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |