लामखुट्टेले सताएपछि कार्यकक्षमा बस्न छोडे कर्मचारी
साउन १२। मध्यपश्चिमाञ्चल क्षेत्रीय सङ्ग्रहालय सुर्खेतका कर्मचारी लामखुट्टेले सताएको भन्दै कार्यकक्षमा बस्न छाडेका छन् ।
सङ्ग्रहालय प्रवेशका लागि टिकट काट्न बसेका कर्मचारीहरु कार्यकक्षमा लामखुट्टेले सताएको भन्दै काउन्टरमा नबसी सङ्ग्रहालयको गेट बाहिरै बस्ने गर्दछन ।
यता सङ्ग्रहालयको अवलोकन गर्न चाहने व्यक्तिहरु भने काउन्टरमा टिकट काट्ने कर्मचारीलाई नभेटेपछि सङ्ग्रहालयको अवलोकन नै नगरी फर्किने गरेका छन् ।
टिकट काट्ने जिम्मा लिएका कार्यालयका कर्मचारी राजकुमारी खड्का र मधु रेग्मीले भने लामखुट्टे लाग्ने भएकै कारण आफूहरु धेरै समय काउन्टरमा नबस्ने गरेको बताएका छन् ।
सातजनाको दरबन्दी भएको सङ्ग्रहालयमा अहिले तीनजनामात्र कार्यालयमा आउने गरेका छन् ।

प्रकाशित मिति:
July 27, 2013