• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Prawas » सिड्नीमा नेप्लिज अष्ट्रेलियन आईडल हुने
सिड्नीमा नेप्लिज अष्ट्रेलियन आईडल हुने

सिड्नीस्थित नेपाली संस्था युनाइटेड नेप्लिज आर्ट्स एन्ड इन्टरटेन्मेन्टको आयोजनामा यही
अगस्ट १० मा हर्स्टभिलस्थित मराना अडोटोरियममा नेप्लिज अष्ट्रेलियन आईडल फाइनल हुने भएको छ ।

कार्यक्रमका संयोजक धर्म अधिकारीका अनुसार ४० प्रतियोगीबाट सुरु भएको यात्रामा पहिलो अडिसनबाट २३ जना छनौटमा परेका थिए भने दोस्रो अडिसनबाट १० जना छानिएका छन्।

अधिकारीका अनुसार उत्कृष्ट १० मध्ये महिलातर्फ सदा श्रेष्ठ र मोक्ष्यदा सिलवाल छन् । पुरुषतर्फ युवराज तिवारी, प्रताप गुरुङ, निरजरत्न शाक्य, दीपक भट्टराई, प्रदीप रानाभाट, टेकनाथ ढकाल, प्रविण केसी र जयराज घले छन्।

कार्यक्रमको निर्णायक टोलीमा सुनिता लिम्बु खरेल, क्षितिज गिरी, प्रकाश रसाइली र प्रकाश निङलेकु छन्। फाइनल राउन्डका लागि नेपालबाट पनि निर्णायक झिकाउने तयारी हुँदै छ।
 
यसअघि सिड्नीमा मिस्टर एन्ड मिस नेपाल अस्ट्रेलिया लगायत अन्य मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको युएनएईले आइडल भने पहिलोपटक गर्न लागेको हो । अस्ट्रेलियामा शिक्षा, बसोबास वा अन्य प्रायोजनले आएका युवा पुस्तामाझ आफ्नो गायन प्रतिभा देखाउने मन्च यस कार्यक्रममार्फत युएनएईले स्थापना गरिदिएको जानकारी आयोजकतर्फबाट भोमा लिम्बुले दिए। प्रतियोगितामा सिड्नी लगायत ब्रिस्बेन र मेल्बर्न बाट पनि गायकहरुले भाग लिएका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा एल्बम रेकर्डिङ र म्युजिक भिडियो बनाउने अवसर पाउने छन् । द्वितिय र तृतीयलाई क्रमश ७ सय डलर र ५ सय डलर प्रदान गरिने  युएनएईका बोर्ड सदस्य शमिम अनवरले जानकारी दिए ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |