ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

सिरहाको कचनारीबाट महोत्तरीको पडोलस्थानतर्फ तिर्थयात्री बोकेर जाँदै गरेको ना ४ त ४७४३ नम्बरको ट्याक्टर सोमवार विहान कर्जनामा दुर्घटना हुँदा सिरहा ईटाटारका रामसतिदेवी यादव ,मुकेश यादव, जिझौलकी गुलाबदेवी यादवको मृत्यु भएको प्रहरी बताएको छ ।
घाइतेहरुको स्थानीय फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र दुर्घटनाको बारेका अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
July 15, 2013