वन तस्कर र वन रक्षकबीच गोली हानाहान

वृन्दावन रेञ्जपोष्ट अन्तर्गतको वनमा सर्लाही जिल्लाबाट हतियारसहित आएका काठ तस्करहरुले वन रक्षकको टोलीलाई देख्नासाथ गोली चलाएपछि वन रक्षक टोलीले समेत जवाफमा गोली चलाएको बताइएको छ ।
काठ तस्करबाट सात राउन्ड र वन गस्ती टोलीले ६ राउन्ड गोली चलाएको जिल्ला वन कार्यालयले जनाएको छ । दोहोरो गोली हानाहानमा मानवीय क्षति नभएको समेत जिल्ला वन कार्यालयले जनाएको छ ।
काठ तस्करले छाडेको सात थान गोलिया वन गस्ती टोलीले बरामद गरेको वन अधिकृत बाबुराम भण्डारीले बताए ।
प्रकाशित मिति:
July 26, 2013