इन्टरनेट चलाउँदा नेपाली ४ अर्ब बिदेशियो

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले ब्यान्डविथ बापत यो शुल्क विदेशी कम्पनीलाई बुझाएका हुन् ।
ब्यान्डविथ भनेको सर्भर र इन्टरनेट चल्ने उपकरण जोड्ने माध्यम हो ।
विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि ब्यान्डविथको शुल्क विदेश पठाउनुपर्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइट विदेशी छन् । ६० प्रतिशतभन्दा बढी वेबसाइटका सामग्री विदेशी प्रयोग हुन्छ।
नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाट ब्यान्डविथ प्रयोग गर्दै आएको छ । धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल प्रवेश गर्छन् । भारतका एयरटेल, टाटालगायत कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्क बुझाउँने गरेको आजको कान्तिपुरमा खबर छ ।
इन्टरनेट सेवामा ठूलो हिस्सा राख्ने नेपाल टेलिकम, एनसेलसहित इन्टरनेट सेवा प्रदायकले यो रकम बुझाएका छन् ।
आर्थिक वर्ष ०६८\६९ मा नेपालबाट २ अर्ब ५८ करोड रुपैयाँ ब्यान्डविथ शुल्क विदेश गएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुल्क घट्दै गए पनि त्यसको एक वर्षपछि झन्डै थप एक अर्ब विदेसिएको । इन्टरनेट प्रयोगकर्तासँगै माग बढेपछि शुल्क बढेको हो ।
प्रकाशित मिति:
July 31, 2013