नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक नभएको भारतीय राजदूतको गुनासो
असार १८ । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाल सरकारले राम्रो काम गरे नेपालको आर्थिक अवस्था सुध्रने बताएका छन् ।
बाराको भलुही भरवलिया गाविसको बंगरी नदीमा पूल निर्माणको शिलान्यास गर्दै उनले नेपालको अहिलेको आर्थिक बृद्धिदर सन्तोषजनक नभएको टिप्पणी समेत गरे ।
कार्यक्रममा उनले नेपालको राजनीतिक, आर्थिक र विकास निर्माणमा भारतले सहयोग गरिरहने बताउँदै नेपालको प्रगतिमा भारतले आफ्नो प्रगति देख्दै आएको विचार व्यक्त गरे ।
प्रकाशित मिति:
July 02, 2013