• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » आधा करोड नेपाली भोट नहाल्नेमा
आधा करोड नेपाली भोट नहाल्नेमा

साउन १ । मंसिरका लागि भनेर सरकारले दोस्रो संविधानसभाको निर्वाचन घोषणा गरेको छ । जसका लागि फोटोसहितको मतदाता नामावलीको समयसिमा हिजोसम्मलाई तोकेको थियो ।

जसका आधारमा आधारमा आधा करोड भन्दा बढी नेपाली भोट नहाल्नेमा पुगेका छन् । मतदाता नामावली संकलनको अन्तिम दिन सोमबार दर्ता भएको मतदाताको संख्या अघिल्लो संविधानसभा निर्वाचन (२०६४) को भन्दा ५५ लाखले कमी आए पछि आधा करोड भन्दा बढी नेपालीले भोट हाल्न छुटाउने भएका हुन् । यसअघि संविधानसभा निर्वाचनका बेला देशभर १ करोड ७६ लाखले नाम दर्ता गराएका थिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम दिन हिजो निर्वाचन आयोगमा १ करोड २१ लाखले मात्रै नाम लेखाएका हुन् । जुन अघिल्लो निर्वाचन भन्दा ५५ लाख कमी हो भने सो समयमा उमेर नपुगेका नेपाली पनि यो अवधिसम्म थपिएको र उनीहरुको संख्या पनि यसमा जोडिने हुँदा अझै बढी नेपालीले भोट हाल्न नपाउने भएका हुन् ।
यसो हुनुमा संविधानसभाको निर्वाचनको भरोसा नलागेर धेरैले नाम नलेखाउनु, नेकपा-माओवादीसहित विपक्षी दलहरुले यथास्थितिको चुनावमा भाग नलिने घोषणा गर्नु तथा उनीहरुले नाम दर्ता नगर्नु र केही संख्यामा नेपालीहरु विदेशीनु जस्ता कारणहरु छन् ।

निर्वाचन आयोगले अब मतदाता नामावलीका लागि म्याद नथप्ने बताएको छ । मतदाता नामावली संकलनका लागि समय थप्दा कार्यतालिका प्रभावित हुने र समयमै तयारी पूरा गर्न नसकिने भएकाले म्याद नथपिने आयोगको भनाई छ ।

२०५८ सालको जनगणनाको तुलनामा २०६८ मा ३३ लाख ४३ हजार ७२ जनसंख्या वृद्धिभएपनि मतदाता संख्या भने घटेको हो । त्यसो त ०६४ सालको संविधानसभा निर्वाचनपछि १८ बर्ष उमेर पूरा भएको झन्डै १० लाख मतदाता थपिएका छन् ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |