कतारबाट बाढी पीडितलाई एक लाख १२ हजार ६ सय २५ रुपैयाँ राहत सहयोग
असार १७ । पश्चिम नेपालका बाढी पीडितलाई कतारमा बस्ने नेपालीहरुले एक लाख १२ हजार ६ सय २५ रुपैयाँ राहत सहयोग गरेका छन् ।
नेपाली जनसम्पर्क समिति कतारले प्रकोप पीडितहरुप्रति गहिरो दुख र सहानुभूति प्रकट गर्दै उक्त सहयोग गरेको हो ।
जनसम्पर्क समिति सदस्य तथा राहत संकलन समितिका संयोजक देवराज अवस्थी सदस्यहरु कुलराज ओझा, नवराज गिरि र चेत बहादुर कार्की लगायत जनसम्पर्क समितका सदस्यहरुको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो ।
संकलित रकम थोरै भएपनि पिडित मनहरुलाई मलम लगाउन सहयोग मिलोस भनेर पठाइएको जनसम्पर्क समितिले जनाएको छ ।
संकलित रकमलाई नेपाली काँग्रेस बाढी पीडीत केन्द्रीय सहयोग समितिको नाममा रहेको नेपाल राष्ट्र बैंकको खातामा पठाएको समितिले जनाएको छ ।
प्रकाशित मिति:
July 01, 2013