पहिरोले दोलखामा एकै परिवारका पाँच बेपत्ता, म्याग्दीमा दम्पतीको अवस्था अज्ञात
शेरबहादुर भुजेल, कमल खत्री
साउन ७ । अविरल वर्षा सँगै आएको पहिरोले घर बगाउदा दोलखाको उत्तरी दुर्गमा गाविस मार्वुमा पाँच जना बेपत्ता भएका छन् ।
वर्षासँगै गए राती आएको पहिरोले घर वगाउदा मार्वु गाविस वडा नम्बर १ निवासी पाले थामीको पाँच जनाको परिवार बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा ७० वर्षीय पाले थामी, उनकी श्रीमती, छोरी जमुना थामी, नाती विनु थामी र नातिनी संजु थामी रहेका छन् । वेपत्ताहरुको खोजी कार्यका लागि इलाका प्रहरी कर्यालय सिगटीबाट प्रहरी परिचालन गरिएको छ ।
यसैगरी पहिरोका कारण सोही ठाउँका सात घर परिवार विस्थापित भएका छन् । स्थानीय युवा गुरुङ, सखबहादुर थामी, टहलबहादुर मगर, चलचित्र मगर, सचेत थामी पुर्णबहादुर मगर लगायतका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
यता, म्याग्दीको भकिम्ली–७ पानीसरामा अविरल बर्षासंगै घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा एक दम्पती वेपत्ता भएका छन् ।
घरमाथि रहेको मोटरबाटो संगै खसेको पहिरोले घर भत्काउँदा करिब ७० बर्षका मन वहादुर घर्ति मगर र उहाँकी श्रीमती ६५ बर्षिया नन्दकली घर्ति मगर पहिरोमा पुरिएको स्थानिय कर्ण घर्ति मगरले जानकारी दिए ।
पहिरोले घर भत्काउँदा पुरिएका दम्पतीको अहिले स्थानियबासीले खोजी गरिरहेका छन् । घटनाको जानकारी पाएलगक्तै उद्धारका लागी एक टोली घटना स्थलतर्फ खटीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी हवल्दार हरिराम बोहोराले जानकारी दिए ।
विहान करिब ४ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएका दम्पतीको घर पुर्ण रुपले क्षती पु¥याएको र अहिले स्थानियबासीले उद्धार तथा खोजी गरिरहेको स्थानियबासी तुल वहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति:
July 22, 2013