• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » १७ अर्ब २४ करोडको बजेट आयो
१७ अर्ब २४ करोडको बजेट आयो

असार ३१ । मंसिर ५ का लागि मिति तोकीसकेको तर भद्रगोल अवस्थाका कारण हुने निश्चित भने भईनसकेको संविधानसभाको निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर सरकारले आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेको छ ।

मंसिरमा हुने भनिएको चुनावका लागि मात्रै सरकारले १६ अर्ब रुपैयाँ छुट्याएको छ ।

कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ । यो बजेट चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशत बढी हो ।  चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो ।


नयाँ नारा र कार्यक्रम नथपी पुरानो बजेटलाई आत्मसात गर्दै र आगामी सरकारलाई पनि सहयोग पुग्ने गरी भन्दै नयाँ बजेट सार्वजनिक गरेको हो ।


बजेटमा संविधानसभा निर्वाचनको अलवा ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् ।  सरकारले पशुपति क्षेत्र, लुम्बिनी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाईभर्सनलाई राष्ट्रिय गौरवका योजना घोषणा पनि गरेको छ । सरकारले तीन वर्षपछि कर्मचारीको तलव १८ प्रतिशतले वृद्धि पनि गरेको छ ।


लक्ष्य पूरा गर्नका लागि सरकारले राजस्व मार्फत ३ खर्ब ५९ अबै ३० करोड उठाउने नीति राखेको छ ।

 यस्तै सावाँ भुक्तानी बाट ५ अर्ब ५० करोड र बैदेशिक सहयोगबाट ६९ अर्ब ५४ करोड उठाउने लक्ष्य छ । यो स्रोतबाट नपुगेर ७७ अर्ब घाटामा रहने बजेटको लागि ४३ अर्ब बैदेशिक ऋण र ४४ अर्ब आन्तरिक ऋणबाट पुर्ती गरिने छ ।


बजेटका केही बुँदाहरु यस प्रकार छन्  :

- बजेट निर्वाचन केन्द्रित रहेको छ । निर्वाचनका लागि  १६ अर्व रुपैयाँ छुट्याइएको छ । तर हुने नहुने निश्चित छैन ।
-  संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने ।

- जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन प्राथमिकता ।

संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । - See more at: http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf
संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । - See more at: http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf
संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । - See more at: http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf
- गरिबी निवारणका लागि ४ अर्ब ८२ करोड ।

- उर्जा क्षेत्रलाई ३० अर्ब ।

- सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।

- ७ हजार १ सय ४३ सामुदायिक विद्यालयमा कम्प्युटर र इन्टरनेट पुर्‍याउन १ अर्ब ।

- विभिन्न जलविद्युत आयोजनाको मर्मतका लागि १ अर्ब ९ करोड ।

 - कलंकी कोटेश्वर सडकलाई ८ लेन बनाउनका लागि ५१ करोड ।

- चोभारमा अन्तराष्ट्रियस्तरको औद्योगीक प्रर्दशनीस्थल बनाइने ।
- लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशतले वृद्धि ।

- १ अर्बभन्दा बढि लगानी गर्नेलाई प्रधानमन्त्री उद्यमी सम्मान दिइने ।
- ३१ हजार युवा युवतीलाई तालिमका लागि ६१ करोड विनियोजन । निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।

- ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।

- अन्तर्जातीय विवाह गर्नेलाई १ लाख दिने नीतिलाई निरन्तरता ।

- खेलकुद पूर्वाधारमा २१ करोड ।

आर्थिक वर्ष २०७०/७१ को आय—व्ययको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।


प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |