• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मेगा बैंकको सेयर बाँडफाँड, एक लाख ४४ हजारलाई वितरण
मेगा बैंकको सेयर बाँडफाँड, एक लाख ४४ हजारलाई वितरण

असार ३० । मेगा बैंकले सर्वसाधारणमा जारी गरेको सेयरको बाँडफाँड गरेको छ । जस अन्तर्गत १ लाख ४४ हजार ४ सय ५६ जनालाई ६९ करोड ९० लाखको सेयर वितरण भएको छ ।

बैंकले साना लगानीकर्तालाई ६ दशमलव ३१ प्रतिशत र ठूला लगानीकर्तालाई ३ दशमलव ६७ प्रतिशतका दरले सेयर बाँडफाँड गरेको छ ।

५० कित्ता शेयरका लागि ११ हजार ३ सय ३६ जनाले आवेदन दिएकोमा चिठ्ठामार्फत ३ हजार ४ सय ७४ जनाले सेयर प्राप्त गरेका छन् ।

एक सय ५० कित्ता सेयरका लागि ३ हजार ५ सय ९ जनाले आवेदन दिएकोमा जम्मा ३ हजार २ सय २५ जनाले मात्र सेयर प्राप्त गरेका छन् ।


धितोपत्र बोर्डको नियमअनुसार १५० कित्ताभन्दा कम आवेदन गर्नेलाई ४० प्रतिशत सेयर बाँडफाँट गर्नुपर्छ । त्यसमध्ये सबै आवेदकलाई सेयर बाँडफाँट गर्दा १० कित्ताभन्दा कम पर्ने भएपछि चिठ्ठामार्फत कम्तीमा १० कित्ता पाउने गरी सेयर बाँडफाँड गरिएको थियो ।


१५० कित्ताभन्दा कम आवेदन गर्ने सबैलाई १० कित्ताको दरले सेयर दिइएको छ ।

ठूला लगानीकर्ता सबैले आवेदनको अनुपातअनुसार सेयर प्राप्त गरेका छन् । सबैभन्दा बढी २ लाख कित्तामाथि आवेदन गर्नेले ७ हजार ३ सय कित्ता सेयर पाएका छन् ।

त्यस्तै, एक लाख आवेदन गर्नेले ३ हजार ६ सय ५३ कित्ता र ५० हजारको आवेदन गर्नेले १ हजार ८ सय २५ कित्ता सेयर पाएका छन् ।

गत जेठ १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन खुल्ला गरिएकोमा एक लाख ६० हजार ५ सय २४ जनाले आवेदन गरेका थिए । सर्वसाधारणको लागि ६९ करोड ९० लाख रुपियाँ बराबरको ६९ लाख ९० हजार कित्ता साधारण शेयर छुट्याइको थियो । आवेदन दिएमध्ये २ सय २८ जनाको एक लाख २० हजार ४ सय ३७ कित्ता सेयर आवेदन रद्द भएको छ ।

१४ अर्ब रुपैंया अर्थात २२ गुना भन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |