• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एमाओवादी नेताले साइड वाकर्स ट्रेडर्ससँग एक करोड मागेको खुलासा
एमाओवादी नेताले साइड वाकर्स ट्रेडर्ससँग एक करोड मागेको खुलासा

असार ३० । काठमाण्डौ महानगरपालिका र साइड वाकर्स ट्रेडर्स प्रा.लिबीच गत चैत ५ गते ऐतिहासिक वसन्तपुर र सुन्धारा क्षेत्रको संरक्षण र प्रवर्धन गर्न गरिएको सम्झौता तुहाउन एमाओवादीका केन्दीय सदस्य सर्वोत्तमदास डंगोल र मानवअधिकारवादी भनिने मल्ल के सुन्दर जोडतोडले लागि परेको खुल्न आएको छ ।

सार्वजनिक निजी साझेदारी (पिपिपि) कार्यक्रम यो लागि मुलुककै नमूना साइड वाकर्सलाई संरक्षणको जिम्मेवारी महानगरले लिएको हो । उसले २०६१ देखि धरहराको जिम्मेवारी लिई आएको छ । तर पछिल्लो पटक सर्वोच्च अदालतको वि.स. २०६७ माघ ४० को निर्देशनात्मक आदेश परिपालनार्थ विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरवारक्षेत्रसंग जोडेर धरहराको पनि विश्वव्यापी प्रचार प्रसार गर्न महानगरले साइड वाकर्ससंग सम्झौता गरेको थियो ।


अहिले सो सम्झौताको विरोधमा डंगोल र मल्लले आफ्ना मान्छे जम्मा गरेर सम्झौता बिफल हुने गरी विरोध गरिरहेको खुल्न आएको हो ।

स्रोतका अनुसार काठमाण्डौ महानगरमा एमाओवादीका तर्फवाट दलित संयन्त्रको प्रतिनिधी रहेका डंगोलले संझौता कार्यान्वयन गराउने भए एक करोड दिनुपर्ने माग राखेका थिए । तर साइड वाकर्सले उक्त रकम दिन नसक्ने बताएपछि डंगोलले सम्झौता कार्यान्वय गराउन नदिन विरोध सुरु गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आज काठमाण्डौ महानगरपालिका बजेट सार्वजनिक गर्ने कार्यक्रममा आफू भित्र बसेर डंगोलले बाहिर बाहिरी भने सम्झौता रद्ध गराउने गरी बिरोध गरेको स्रोत बताउँछ ।

जुलुसको नेतृत्व मल्ल के सुन्दरले गरेका थिए । उता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भने सम्झौता तत्काल कार्यान्वयन गराउन पत्राचार गरेको छ भने सम्मानित सर्वोच्च अदालतले पनि फैसला कार्यान्वयन गराउन सरकारलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |