डडेल्धुराको प्रसिद्ध कैलपाल देवताको मन्दिरमा भव्य मेला
बिनायक पनेरु, डडेल्धुरा
असार ३०।डडेल्धुरास्थित कैलपालमाण्डौ-५ जैसेरामा रहेको प्रसिद्ध देवस्थल कैलपाल देवताको मन्दीरमा आज मेला लागेको छ ।
हरेक बर्ष असाढ सुक्ल षष्ठि तिथिका दिन लाग्ने उक्त मेलामा सुदुरपश्चिमका बिभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन ।
हरेक बर्ष असाढ सुक्ल षष्ठि तिथिका दिन लाग्ने उक्त मेलामा सुदुरपश्चिमका बिभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन ।
चोखो मनले ब्रत बसेर कैलपाल देवताको दर्शन गरेमा मनोकांक्षा पुरा हुने स्थानियको जनबिश्वास रहेको पाइन्छ । उक्त मन्दिरमा आज रातभर पुजा आराधनाका साथै धुमारी, चैत, भलाउलो, देउडा खेलेर रमाईलो पनि गर्ने गरीन्छ ।
उचित प्रचार प्रसार अभावले गर्दा देवस्थल ओझेलमा परेको स्थानिय समाजसेवीले बताएका छन ।
प्रकाशित मिति:
July 14, 2013