• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » १०० रुपैयाँमै उच्चस्तरको शिक्षा दिईरहेका व्यक्तिलाई आक्रमण गर्ने दुई जना पक्राउ
१०० रुपैयाँमै उच्चस्तरको शिक्षा दिईरहेका व्यक्तिलाई आक्रमण गर्ने दुई जना पक्राउ

साउन १ । बालबालिकालाई १ सय रुपैयाँमै उच्चस्तरको शिक्षा दिँदै आएका समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेललाई आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।

उनीहरुलाई आज दिउँसो पक्राउ गरेको बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले एकजना उच्च प्रहरी अधिकृतको भनाई उदृत गर्दै जनाएका छन् ।

असार ३१ गते सञ्जेलमाथि आक्रमण भएको थियो ।
घाइते अवस्थामा उत्तम सञ्जेल, फोटोः रविन्द्र मिश्र(फेसबुक)
मुलुकका विभिन्न जिल्लामा छरिएका समता स्कूलका २० वटा शाखामा ३० हजार विपन्न वर्गका विद्यार्थीहरुले १०० रुपैयाँमा शिक्षा लिईरहेका छन् ।

४० प्रतिशतले मात्र यस पटक एसएलसी उत्तिर्ण गर्दा उनका स्कूलबाट एसएलसी दिने ३१७ जनामध्ये २०१ जनाले विशिष्ट र ११६ जनाले प्रथम श्रेणीमा परिक्षा उत्तिर्ण गरेका थिए ।

यसरी सहज शिक्षामा सेवा दिएर विपन्न वर्गका विद्यार्थीहरुको नयनमा ज्योती छरिरहेका उनीमाथि सांघातिक आक्रमण भई उनी अस्पतालको बेडमा हुँदा समेत सरकार पक्षले भने चासो नदेखाएको भन्दै आलोचना समेत भईरहेको छ ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |