• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » श्रीमतीलाई हिंसा गर्ने श्रीमानलाई हदैसम्मको सजाय
श्रीमतीलाई हिंसा गर्ने श्रीमानलाई हदैसम्मको सजाय

साउन १ । पत्नीलाई चरम यातना दिने नेपालगन्ज नगरपालिका– ६ का साविरअलि हल्वाईलाई बाँके जिल्ला अदालतले हदैसम्मको सजाय फैसला गरेको छ ।


सो अदालतका न्यायाधीश शेखर पौडेलको सोमबार बसेको इजलासले पत्नी तरन्नुम बानोलाई चरम यातना दिएको ठहर गर्दै उनका पति ३८ वर्षीय हल्वाइलाई छ महिना कैद, रु २५ हजार जरिवाना र पत्नी बानोलाई रु ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।

पीडित पक्षकी अधिवक्ता पुनम पाण्डेका अनुसार गत पुस ८ गते माइतबाट घर फर्किएकी पत्नी बानोको गाला र छातीमा उनका पतिले टोक्नाका साथै कुटपिट गरी चरम यातना दिएपछि अदालतमा मुद्दा दायर गरिएको थियो ।

विवाह भएको १४ वर्षदेखि नै थप दाइजो ल्याउन दबाब दिँदै हल्वाईले दैनिकजसो यातना दिँदैआएको पीडित बानोले बताए ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |