कन्तबिजोग 'असन'
साउन ३० । भोटाहिटी वा जमलबाट फुत्तै छिरेर हनुमान ढोकाको बाटो जानुपर्यो अथवा भोटाहिटी वा जमल तिरबाट न्युरोड या हनुमान ढोकाको बाटो निस्कनु पर्यो भनेर हिड्नु भयो भने तपाई मज्जाले फस्नुहुनेछ ।
दिउँसो टन्टलापुर घाम लागेको बेला कसरी फसिन्छ । फेरि पानी पनि नआएको बेला ? मनमा उत्सुकता पैदा भयो होला । तर, खास कुरो भने असनदेखि हनुमानढोका जाने बाटो इन्द्रचोकसम्म करिब महिना दिनदेखि लथालिंग बनाइएको छ ।
ढल निर्माणका लागि भनेर बाटो पुरै खनिएको भए पनि महिना दिनसम्म पनि नबनाइएकाले असनबासीहरुको त कन्तविजोग भएकै छ । हिडडुल तथा किनबेच गर्ने सर्वसाधरण समेत त्यसको सिकार बनेका छन् ।
दुवै पट्टि बाटो बन्द गरिएकाले सर्वसाधरण समेत हिडडुल गर्न सक्ने अवस्था छैन । सडक छेउका पसलहरु समेत ग्राहक आउने बाटो बन्द भएपछि बन्द गरिएका छन् ।
लामो समयसम्म ढल तथा बाटो निर्माण नहुँदा स्थानीयहरु भने आक्रोशित बन्दै जान थालेका छन् ।
यसअघि पनि सोही क्षेत्रमा ढल भत्काएर नबनाएपछि स्थानीयहरुले हेर्नुहोस् 'नेपालको मुटुको बिजोग' भनेर नेपाल झण्डा गाडेर विरोध समेत गरेका थिए ।

प्रकाशित मिति:
August 14, 2013