१ डलरको भाउ रु १०० को हाराहारीमा
गतसाता केही कमजोर देखिएको अमेरिकी डलरको भाउले नयाँ उचाइ लिएर प्रतिडलर रु एकसयको हाराहारीमा पुगेको छ।
भारतीय रुपैयाँ कमजोर भएका कारण डलरको मूल्य बढेको हो। नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि रु डलरको बिक्री दर रु ९९.०२ र खरिद दर रु ९८.४२ 'रिफ्रेन्स रेट' निर्धारण गरेको छ।
हिजो भारतीय बजारमा प्रतिअमेरिकी डलर भारु ६२.०२ मा कारोबार भएको थियो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भारु एकसयको रु १६० निर्धारित छ।
डलरको मूल्य वृद्धिले पेट्रोलियमलगायत आयातित वस्तुहरू महङ्गा हुनेछन् भने अन्तर्राष्ट्रिय हवाई टिकटमा पनि चर्को मोल तिर्नुपर्ने हुन्छ। रासस

प्रकाशित मिति:
August 17, 2013