काठमाडौँमा भूकम्पको धक्का
अपडेटः भदौ १४ । काठमाडौंमा केही समय अगाडी भूकम्पको धक्का महसुस गरिएको छ ।
राति ११ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पले पन्ध्र सेकेन्ड भन्दा बढी हल्लाएको थियो । अमेरिकी भूगर्भ मापन केन्द्रले उक्त भूकम्प ५ म्याग्नेच्युडको मापन गरेको भए पनि चीनको भूगर्भ नेटवर्क सेन्टरले भने ७ रेक्टर स्केल भएको जनाएको छ ।
भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किएका छन् ।
यतिबेला राजधानीमा मानिसहरु घरबाहिर निस्किएर हल्लीखल्ली गरिरहेका छन् । राति सुतेको समयमा भूकम्प आएकाले धेरैले भने थाहा समेत पाएनन् ।
भूकम्पले दुई पटक धक्का दिएको थियो । पहिलो पटक भन्दा दोस्रो पटक भने निक्कै सानो धक्का आएको थियो ।
छिमेकी मुलुक चीनको पश्चिम जिजाङ केन्द्रविन्दु भएर भुइँचालो गएको हो ।

प्रकाशित मिति:
August 30, 2013