नेकपा-माओवादीद्धारा राजधानी रातै
भदौ १४ । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहेका नेकपा-माओवादीको युवा संगठन जनस्वयंम सेवकले यथास्थितिको चुनावको विरोध गर्दै राजधानीमा मार्चपास गरेको छ ।
मार्चापास राजधानीको नयाँबानेश्वरबाट सुरु भई पुराने बानेश्वर, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, ठमेल, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगी माओवादी महासचिव रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले यथास्थितिमा निर्वाचन गरिए त्यसको ससक्त विरोध गरिने र विरोधमा दमन गरिए राजधानीबाटै विद्रोह गरिने चेतावनी दिए ।
प्रकाशित मिति:
August 30, 2013