थाइ राजा दरबार फर्किने
साउन १७ । करिब चार वर्षदेखि अस्पतालमै उपचार गराइरहेका थाइल्याण्डका नरेश बिहीबार अस्पतालबाट केही समयका लागि दरबार फर्किन लागेको बताइएको छ ।
थाई नरेश भुमिबोल अद्युलादेजसँगै महारानी सिरिकित पनि आजै दरबार छोड्दै हुनुहुन्छ । उहाँले पनि उक्त अस्पतालका उपचार गराइरहनु भएको छ । उहाँपनि ८० वर्षको हुनुहुन्छ ।
पचासी वर्षीय राजा अद्युल्यादेजले बैंककको सिरिराज अस्पतालमा चारवर्षदेखि उपचार गराई रहनुभएको छ ।
थाइल्याण्डको राजधानी बैंककबाट दक्षिणमा पर्ने हुवा हिन प्रान्तमा रहेको दरबारनजिकैको समुद्रमा उहाँहरूले आजै कम्तीमा पनि दुई घन्टा हिँड्नुहुने छ ।
प्राप्त समाचारमा उहाँहरूको सम्मानका लागि दश हजार जनाभन्दा बढीको सङ्ख्यमा रहेको हुवा निवासी नागरिक जम्मा भइसकेका छन् ।
थाइल्याण्डमा राजालाई भगवानकै एक अवतारका रुपमा मन्दछन् । राजाको स्वागतका लागि लाम लागेर बसेका नागरिकहरूका तस्बिरहरू थाइल्याण्डका टेलिभिजनहरूले देखाइरहेका छन् ।
थाइ नरेश भूमिबोल करिब ६७ वर्षदेखि राजाका रुपमा गद्दीमा रहनुभएको छ । उहाँलाई विश्वका सबैभन्दा लामो समयसम्म राजगद्दिमा बस्ने राजाका रुपमा पनि लिइन्छ । एजेन्सी

प्रकाशित मिति:
August 01, 2013