भैंसी बिक्रीबाटै आकर्षक आम्दानी
भदौ १५ । भोजपुरको पश्चिमी तिम्मा गाविसको सुम्लिखाका किसानहरुले भैंसी पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
सुम्लिखाबासीले गएको साउन महिनामा मात्र आफूले पालेको भैसी विक्री गरेर १० लाख भन्दा बढि आम्दानी गर्न सफल भएका हुन् । सुम्लिखाका करिव ६० घर परिवार व्यवसायिक रुपमै भैंसीपालनमा लागेका छन् ।
सुम्लिखाबासीले गएको साउन महिनामा मात्र आफूले पालेको भैसी विक्री गरेर १० लाख भन्दा बढि आम्दानी गर्न सफल भएका हुन् । सुम्लिखाका करिव ६० घर परिवार व्यवसायिक रुपमै भैंसीपालनमा लागेका छन् ।
सुम्लिखाका पशुपालक किसान छत्रबहादुर राउतले साउन महिनामा ७७ हजारमा एक माउ भैंसी बिक्री गरेर अहिलेसम्मकै उच्च मूल्य हात पारेको बताए ।
परम्परागत रुपमा पशुपालनमा लागेका सुम्लिखाका किसानहरुसंग अझै पनि १५ लाख भन्दा बढिको भैंसी विक्री गर्ने अवस्था रहेको अर्का किसान संगम राईले बताए ।
किसानहरुले पालेको भैंसी छिमेकी वोया, साङ्गपाङ्ग, किमालुङ्ग, खार्तम्छा, शिद्धेश्वर, गुप्तेश्वर लगायतका गाविसमा मासुको लागि खरिद गरेर लैजाने गरिएको छ ।
प्रकाशित मिति:
August 31, 2013