सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठक श्रीलङ्कामा सुरु
भदौ १५ । सार्क राष्ट्रका अर्थ मन्त्रीहरुको छैटौं बैठक श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको छ ।
बैठकमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानका अर्थमन्त्रीहरुको सहभागिता रहेको छ । सातै देशका अर्थमन्त्रीहरुले सामूहिक रुपमा पानसमा बत्ती बालेर बैठकको उद्घाटन गरेका थिए ।
बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोजक मुलुक श्रीलङ्काका वरिष्ठ अन्तर्राष्ट्रिय अनुगमन सहायता तथा अर्थ र योजना उपमन्त्री डा सरथ अमुगामाले आपसी सम्बन्ध सुदृढ गर्न मात्र नभई संगठित आतंकवादलाई पराजित गर्न सार्क राष्ट्रबीच सहकार्य र एकता आवश्यक भएको बताए ।
बैठकले लगानी प्रबद्र्वन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिनेछ । नेपालको तर्फबाट अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेतृत्व गरेको टोलीमा अर्थसचिव शान्तराज सुवेदी, श्रीलङ्काका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य, अर्थमन्त्रालय वैदेशिक महाशाखा प्रमुख मधु मरासिनी, परराष्ट्र मन्त्रालयका मणिरत्न शर्मा, कैलाश पोखरेल र रामसिंह थापा सहभागी भएका छन् ।

प्रकाशित मिति:
August 31, 2013