डन दिपक मनाङे पक्राउ
भदौँ । केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको टोलीद्धारा शुक्रबार गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको आरोपमा राजिव गुरुङ अर्थात डन दिपक मनाङे पक्राउ परेका छन् ।
मनाङेलाई बिभिन्न समयमा अबैध तरीकाबाट सम्पती कमाएको आरोपका साथै गुण्डागर्दीमा प्रत्यक्ष रुपमा लागेर सम्पती कमाएको आरोप लागेको छ ।
१४ करोड ७३ लाख ३१ हजारभन्दा बढी अवैध सम्पत्ति भएको दावी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरीएको थियो ।
मनाङेलाई आइतबार अदालत पेस गरिने बताइएको छ ।
प्रकाशित मिति:
August 17, 2013