गरिवी सम्बन्धी संस्थाहरु आन्दोलित
दिप बहादुर घर्ति/जाजरकोट
साउन ३२ । जाजरकोटमा ७ वटा साझेदार संस्थाहरु गत वर्षको तुलनामा ३६ प्रतिसत बजेट गरिवी निवारण कोषले घटाए पछि आन्दोलित भएका छन ।
बिहीवार दिउसो सदरमुकाम खलंगामा एक पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलित भएका हुन ।
सात वटा साझेदारी संस्थाहरुको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा कर्मचारी संख्याको कटौति गर्ने, गत बर्षको तुलनामा ३६ प्रतिसत वजेट घटाउने गरिवी निवारण कोषको योजनाले समुहमा लगानी गरिएको घुम्तिकोष असुलि गर्न नसकिने भन्दै अब सवै साझेदार संस्थाहरु आन्दोलित हुनु पर्ने डाँफे युवा क्लवका अध्यक्ष किष्ण विक्रम शाहले बताए ।
उक्त पत्रकार सम्मेलनमा ७ वटा साझेदार संस्था मार्फत २१ वटा गाविसमा १७ हजार ४ सय ८३ वटा सामुदायिक संस्थामा २०६३ साल देखि हाल सम्म २४ करोड १५ लाख १० हजार ४ सय ५५ रुपैया लगानी भएको र संस्थागत खर्च तर्फ ७ वटा संस्थाको झण्डै १० करोड रुपैया खर्च भएको पनि सार्वजनिक गरिएको थियो ।
एउटा गाविसमा झण्डै ३० देखि ३५ वटा सम्म सामुदायिक संस्थाहरु भएको हुदा गाविसमा १ जना सामाजिक परिचालकद्धारा संन्चालन गर्न गाह्रो परिराखेको वेला कर्मचारि संख्या घटाउने योजनाले जाजरकोटमा लगानी भएको २४ करोड रुपैया डुव्ने पक्का भएको पहाडी क्षेत्र विकास अभियानका प्रतिनीधि रण बहादुर कार्किले उल्लेख गरे ।
गरिवी निवारण कोषको कार्यक्रमले सामुदायिक संस्थाहरुलाई सानातिना योजना (लघु जल विधुत आयोजना) हरु आफै गर्न सक्ने आत्मनिर्भर गराउदै लिएको ग्रामिण एकीकृत विकास केन्द्रका अध्यक्ष राज बहादुर सिंहले बताए ।

प्रकाशित मिति:
August 16, 2013