सामुदायिक रेडियो खलंगा एफएमको वार्षिकोत्सव सम्पन्न
भदौ २६ । जाजरकोटकै पहिलो सामुदायिक रेडियो खलंगा एफएमको चौथो वार्षिकोत्सव मंगलबार भब्य समारोहको बिच सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान, तिज विशेष रोचक साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेर वार्षिकोत्सव सम्पन्न भएको हो ।
विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको उक्त वार्षिकोत्सव कार्यक्रममा समस्त जाजरकोटबासीहरुलाई विभिन्न कार्यालय प्रमुखहरु, राजनैतिक पार्टीका प्रमुख, प्रतिनीधिहरुले सामुदायिक रेडियो खलंगा एफएमको प्रत्यक्ष प्रसारणद्धारा शुभकामना दिएका थिए ।
शुभकामना दिने बक्ताहरुले रेडियो खलंगा एफएमले हाल सम्म पुरा गरेको भुमिका, निर्वाह गर्नु पर्ने कर्तब्य, महिलाहरुको हरितालिका तिजकावारेमा विशेष चर्चा गरेका थिए ।
आज हरितालिका तिजको अन्तिम दिन ऋषि पन्चमीका वारेमा चर्चा गर्दै मल्लले तिजको दिन जति महिला दिदी बहिनीहरु उदार र स्वाधिन हून्छन त्यतिनै बर्षका ३ सय ६५ दिनमा स्वाधिन हुन पाउने भएको भए महिला मुक्ति आन्दोलनको बहस आवश्यक पर्दैनथ्यो भने ।
उनीले महिला दिदी वहिनीहरुले तिजलाई रमाइलो मनोरन्जनको दिनका रुपमा मात्र नभएर लिङ्गिय मुक्ति आन्दोलन शुरुवात गर्ने दिनका रुपमा लिन पनि अपिल गरे ।
सामुदायिक रेडियो खलंगा एफएमले स्थापनाकालका ३ बर्षमा यसले झल्नु परेका चुनौति र उठानु परेका कष्टहरुका बारेमा चर्चा गर्दै आगामी बर्षहरुमा पनि यो रेडियोले जनताका पक्षमा, जाजरकोटीहरुका पक्षमा ठुला–ठुला जोखिमताहरु मोलेर भएपनि आफ्नो भुमिका पुरा गर्ने संन्चालक समितिका अध्यक्ष कृष्ण विक्रम शाहले बताए ।
प्रकाशित मिति:
September 11, 2013