२५ बुँदे बाधा अड्काउ आदेश संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस
असोज १ । राष्ट्रपतिबाट जारी भएको बाधा अडकाउ फुकाउ आदेश संशोधनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सरकारले २५ बुँदे बाधा अड्काउ आदेशमा संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
संविधानसभाको सीट संख्या ४ सय ४१ बाट ६ सय १ बनाउने गरी तयार गरिएको संशोधन प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाएको छ ।
आगामी संविधानसभाको आकार ४ सय ९१ राख्ने यसअघि व्यवस्था गरिएकोमा निर्वाचनको बिरोध गर्दै आएको उपेन्द्र यादव नेतृत्वको मोर्चा र संघीय समाजवादी पार्टीसँगको वार्तापछि संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने सहमति भएको थियो ।
प्रकाशित मिति:
September 17, 2013