निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु
दिप बहादुर घर्ति/ जाजरकोट
असोज १ । आगामी मंसिर ४ गते हुन गैरहेको संविधान सभाको निर्वाचनलाई मध्यनजर गरेर गाँउगाँउमा निर्वाचन शिक्षा प्रदान गर्न जाजरकोटमा मंगलवार देखी निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
असोज १ । आगामी मंसिर ४ गते हुन गैरहेको संविधान सभाको निर्वाचनलाई मध्यनजर गरेर गाँउगाँउमा निर्वाचन शिक्षा प्रदान गर्न जाजरकोटमा मंगलवार देखी निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय जाजरकोटको आयोजनामा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मतदाता शिक्षा, मतदाताको भुमिका, लोकतन्त्र संविधान सभा र समावेशी, निर्वाचन प्रक्रिया, मतदान गर्ने तरीका आदि विषयवस्तु समेटिएका छन् ।
निर्वाचन शिक्षा तथा सुचनाको विस्तार , स्वतन्त्र र निश्पक्ष निर्वाचनको पुर्वाधार भन्ने नाराका साथ निर्वाचन आयोगले देशभर निर्वाचन शिक्षा संचालन गर्न गैरहेको छ । १५ जना विभिन्न क्षेत्रका सहभागी रहेको तालिमको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा , जिल्ला निर्वाचन अधिकारी गणेश विक्रम शाही , जिल्ला शिक्षा कार्यालयका विद्यालय स्रोत ब्यक्ति राजुविक्रम शाह लगायतले सहजीकरण गरिरहेका छन् ।
तालिम दुई दिन सम्म संचालन हुने छ । प्रशिक्षकहरुले गाँउमा गएर गाँउ विकास समितिका सचिव , निर्वाचन शिक्षा सहजकर्ता , सामाजिक परिचालकलाई तालिम दिने निर्वाचन कार्यालयले जनाएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको संविधान सभा निर्वाचन लाई सफल पार्न निर्वाचन शिक्षाको महत्वपुर्ण भुमिका रहने भएकोले तालिमले सहयोग पुरयाउने जिल्ला निर्वाचन अधिकारी गणेश विक्रम शाहीले बताए ।
यसै वीच मंगलवार नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं १ र २ को निर्वाचन कार्यालय जिल्ला अदालतमा स्थापना गरिएको छ । क्षेत्र नं १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिस भुवनसिह थापा र क्षेत्र नं २ को निर्वाचन अधिकृत हुमबहादुर केसी लाई निर्वाचन आयोगले जिम्मेवारी तोकेको छ ।
प्रकाशित मिति:
September 17, 2013