तिहारपछि उपत्यकामा रात्रिबस सेवा बन्द गर्ने तयारी
असोज १४ । राजधानीमा १ वर्षदेखि सञ्चालित रात्रिबस निरन्तर घाटामा गएको भन्दै यातायात व्यवसायीले तिहारपछि रात्रिबस सेवा बन्द गर्ने भएका छन् । काठमाडौं महानगरपालिकासँगको सम्झौता एकतर्फी तोड्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले रात्रिबस सेवा बन्द गर्न लागेको कारोवार दैनिकमा खबर छ ।
महासंघले रात्रिबस सञ्चालन गर्न थप अनुदान दिनुपर्ने अथवा भाडा दरमा बुद्धिको माग गर्दै यसो नगरिए राजधानीमा रात्रीबस चल्ल नसक्ने बताएका छन् । व्यवसायीहरुले पछिल्ला ४ महिनामा मात्रै रात्रिबसबाट ८० लाख रुपैयाँ घाटा भएको बताउदै आएका छन् ।
रात्रिकालीन व्यवसाय र नगरवासीको सुविधाका लागि भन्दै महानगरले महासंघको सहकार्यमा रात्रिबस चलाउँदै आएको छ । व्यवसायीले रात्रिबस सञ्चालन गर्दा महानगरबाट ६ महिनासम्म ४५ लाख रुपैयाँ अनुदान लिने र यसपछि नाफा–घाटा जे भए पनि निरन्तर चलाउने सम्झौता गरेका थिए ।
सुरुमा १४ वटा बस रहे पनि असारदेखि व्यवसायीले महानगरसँग बार्गेनिङ गरी ८ वटामात्र सञ्चालन गर्दै आएका थिए । महासंघले भदौदेखि फेरि सेवा कटौती गरी चक्रपथको रुटमा ४ वटा बसमात्र सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति:
September 30, 2013