ए डिभिजन क्लब संकटा प्रा.लि कम्पनी
भदौ ३० । नेपालको ए डिभिजन क्लब संकटाकाले आफनो साधारण सभा बाट क्लबलाई प्राइभेट लिमिटेड कम्पनीमा लौजाने निर्णय गरेको छ ।
६० वर्ष पार गरेको उक्त क्लबले व्यावसायिक फुटबल बिकास र नाफा कमाउने उद्देश्य प्रालिमा जान लागेको संकटाका अध्यक्ष इन्द्रमान तुलाधारले बताएका छन् ।
यसैगरी क्लब प्रालीमा गएपछि फुटबलका लागि भौतिक पूर्वाधार निर्माण ,फुटबल विकासमा आफ्नै मैदान निर्माण, एकेडेमी स्थापना गर्ने योजना रहेको जनाएको छ ।
अहिले पनि क्लबले वार्षिक २५ लाखभन्दा बढी आम्दानी गरिरहेको छ भने प्रालीमा गएर यसलाई अझ नाफामूलक बनाउने ब्लबका अध्यक्ष तुलाधारले बताएका छन् ।

प्रकाशित मिति:
September 15, 2013