श्रीमतीसंग ५० लाख लिन अपहरणको नाटक
भदौ १७ । जुवामा पैसा हारेपछि चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफु अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् ।
उनले अपहरणको नाटक गर्दै श्रीमतीसंग ५० लाख फिरौती मागेको थिए ।
उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ । प्रहरीका अनुसार वलीले केही दिनअघि जुवामा करिब तीन लाख रुपैयाँ हारेका थिए । पैसा हारेपछि तनावमा परेका उनले आफन्तबाट पैसा उठाउन खोजेका हुन् ।
सालो अस्ट्रेलियामा रहेकाले अपहरणमा परेको भनेपछि पैसा पठाइदिने विश्वासमा उनले आफू अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरेका हुन् । शुक्रबार दिउँसो एक बजे उनले आफूलाई चार व्यक्तिले अपहरण गरेको भन्दै श्रीमतीलाई फोन गरेका थिए ।
५० लाख नदिए आफूलाई मारिदिने धम्की दिएको भन्दै नाटक गरेका थिए । पछि अहिलेलाई खातामा ५ लाख रुपैयाँ हालिदिए छोडिदिने बताएका थिए । श्रीमतीले इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा पैसा हालिदिएको बताएपछि उनी आफैं लिन गएका थिए । त्यसक्रममा वली पक्राउ परेका आजको नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति:
September 02, 2013