दक्षिण अफ्रिकामा लुटिए नेपाली अधिकृत र प्रहरी
भादै १७ । दक्षिण अफ्रिकाको जोहानसवर्ग सहरमा ट्राफिक व्यवस्थापनसम्बन्धी अवलोकन भ्रमणमा गएका ९ नेपाली अधिकारीको टोली लुटिएको छन् ।
हतियारधारी समूहले जोहानसवर्ग सहरमा नेपाली अधिकारीहरूको गाडी रोकेर लुटपाट गरेको कान्तिपुर दैनिकमा खबर छ ।
उनीहरू एडीबीद्वारा राजधानीमा सञ्चालित काठमाडौं दिगो सहर यातायात आयोजना का लागि जानकारी हासिल गर्न त्यस्तै आयोजनाको अवलोकन भ्रमणमा लगेको थियो ।
भदौ १ गते काठमाडौंबाट हिँडेको टोलीलाई जोहानसवर्ग विमानस्थलमा ओलिएपछि ५ मिनेटको दूरीमा रहेको राजमार्गमा हतियारधारी समूहले लुटपाट गरेको हो ।
विमानस्थलबाट अलि अघि पुग्नेबित्तिकै उनीहरूका चालकले गाडी रोकेका थिए । प्रहरीको चेकिङ छ भन्दै गाडी रोकेपछि लुटेराले नेपाली अधिकारीको गाडी चढेर पासपोर्ट र डलर मागेका थिए ।
प्रहरी हौं, जाँच गर्नुछ भन्दै गाडी तेस्र्याएर पासपोर्ट र डलर मागे,एक सहभागीले भने, हामीले पनि होला भन्दै सबैथोक दियौं, तर उनीहरूले हातमा लगाएको औंठी र घाँटीको सिक्री पनि माग्न थालेपछि लुटिएको थाहा भयो।
लुटिनेमा भौतिक तथा यातायात मन्त्रालयका सहसचिव मुक्ति पौडेल, उक्त आयोजनाका प्रमुख शरद श्रेष्ठ, महानगरीय प्रहरी ट्राफिक महाशाखा प्रमुख डीआईजी केशव अधिकारी, सडक विभागका इन्जिनियर नवीन घिमिरे, सडक विभागकै पुल डिजाइनर उपसचिव सरोज भट्टराई, मन्त्रालयका उपसचिव निरज शर्मा, यातायात विभागका महानिर्देशक शरद अधिकारी र यातायात व्यवसायी धर्मराज रिमाल छन् ।
प्रकाशित मिति:
September 02, 2013