यो महिना निगमलाई १ अर्ब ६२ करोड घाटा
भदौ १७ ।अमेरिकी डलरको मूल्य लगातार बढेपछि नेपाल आयल निगमलाई सेप्टेम्बरमा १ अर्ब ६२ करोड रुपैयाँ घाटा हुने भएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको मूल्यसूचीअनुसार मटितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि खाना पकाउने एलपी ग्यास, डिजेल र पेट्रोलमा घाटा बढेको छ । सेटेम्बरको घाटा सन् २०१३ कै धेरै हुनेछ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ र डलरको मूल्य बढ्दा दोहोरो मारमा परी घाटा चुलिएको हो । अगस्टमा १ अर्ब ६ करोड रुपैयाँ घाटा भएकोमा सेप्टेम्बरमा ५६ करोड थपिँदै १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कारोबार दैनिकमा खबर छ ।
निगमको ऋण चुलिए पनि सरकारले ऋण उपलब्ध नगराउनु र डलरको मूल्य लगातार बढ्नुले चाडपर्व नजिकिँदा पेट्रोलियम अभाव हुनसक्ने संकेत देखिएको छ । तर, निगम भने अर्थ मन्त्रालयले छिट्टै रकम उपलब्ध गराउने आशामा छ । निगमका अनुसार सेप्टेम्बरमा १४ लाख सिलिन्डर खाना पकाउने ग्यास, १८ हजार किलोलिटर पेट्रोल र ६८ हजार किलोलिटर डिजल आयात हुने अनुमान छ ।

प्रकाशित मिति:
September 02, 2013