घडीघडी झस्किन्छन् प्रचण्ड
भदौ २६, तोकिएकै मितिमा निर्वाचन गराउनुपर्ने भन्दै सबैभन्दा धेरै हल्ला गर्ने एकीकृत नेकपा माओवादी नै निर्वाचनको तयारीमा सबैभन्दा पछाडी छ ।
निर्वाचनको मिति तोकिए लगत्तै नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा होमिईसके पनि एमाओवादी भने अहिले पनि मंसिर ४ मै निर्वाचन गराउने गरी होमिएको देखिदैन । कांग्रेस एमालेले चुनावी घोषणा पत्रलाई तिब्रताका साथ अन्तिम चरणमा पु¥याईसकेका छन् भने एमाओवादी अहिलेसम्म पनि यो विषयमा प्रवेश गरेको छैन ।
साथै, कांग्रेस एमालेले उम्मेदवार छान्ने प्रक्रियालाई तिब्रताका साथ अघि बढाईरहेको भएपनि एमाओवादी यो विषयमा पनि अल्झिएको छ । अहिलेसम्म एमाओवादीले चुनावी अभियान अन्तर्गत जनसम्बन्ध अभियान मात्रै गरेको छ । तर यो पनि सक्रियताका देखिएको छैन ।
यसरी एमाओवादी चुनावी अभियानमा होमिन नसक्नुमा मुख्यतयः आन्तरिक विवाद नै रहेको छ । पार्टीले चुनावलाई लक्षित गर्दै नेताहरुको कार्यविभाजन गर्दा नारायणकाजी श्रेष्ठ पक्षधरलाई बाईपास नै गरेपछि यो विषय चुलिएर गएको छ । तर प्रचण्ड तथा बाबुराम पक्षधर नेताहरु भने पार्टीमा विवाद रहेको स्वीकार गर्दैनन् । एमाओवादीको हालै बसेको केन्द्रिय समितिको बैठकले विभिन्न केन्द्रिय स्तरको नौँ वटा ब्यूरो बनाएको र त्यसमा नारायणकाजी निकटका कोही पनि नेताहरुलाई नसमेटेपछि विवाद चुलिएर गएको हो । उक्त कार्य विभाजनमा नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाउँदै आएको र प्रचण्ड बाबुराम पक्षले त्यसलाई वास्ता नगर्दा विवाद झन् चुलिएको श्रेष्ठ पक्षका एक नेताले सौर्यदैनिकलाई बताए ।
यता, पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले शिविरभित्र भएको आर्थिक हिनामिनका विषयमा आफूहरुमाथि लागेको भ्रष्टचार आरोपको क्लिन चिट दिने आश्वासन अझै पनि कार्यान्वयन नगरेको भन्दै निर्वाचनमा भाग पनि नलिने, उम्मेदवार पनि नबन्ने तथा उम्मेदवारलाई सहयोग समेत नदिने चेतावनी दिँदै आएका छन् ।
यति मात्रै नभएर उम्मेदवार छान्न हात हालेको माओवादीमा कहीँ भरपर्दो उम्मेदवार नै नपाएपछि त कहीँ आन्तरिक गुटबन्दीका कारण विवादले उचाई लिएपछि नेतृत्व मंसिर ४ को निर्वाचनको विकल्प खोज्नुपर्छ कि भन्नेमा सोच्न थालेको स्रोत बताउँछ ।
अघिल्लो निर्वाचनमा कांग्रेस, एमालेका शिर्ष नेताहरुको पराजय जस्तै यो पटक आफ्ना दलका नेताहरु पराजय हुने त होइनन् भनेर एमाओवादी अध्यक्ष प्रचण्ड घडीघडी आफैँ झस्किने समेत गर्दछन् । वैद्य माओवादीसँग पार्टी एकता तथा चुनावी तालमेल गर्न सके जितिन्छ भनेर उनी पार्टी एकता तथा तालमेलको कुरा निक्कै चर्चामा ल्याउने गरेपनि त्यो सफल हुन सकेको छैन ।
वैद्य माओवादीसँग कुरा नमिल्ने संकेत पाएपछि प्रचण्डले नेपालगन्ज पुगेर प्रमुख दलका शीर्ष नेताहरुलाई जिताउन निर्वाचनमा तालमेच गर्नुपर्ने अभिव्यक्ति समेत दिए । सुरेश वाग्ले बासुको १४ औँ स्मृति दिवसमा उनले दिएको अभिव्यक्ति अरुका लागि भन्दा पनि आफू र आफ्नै शिर्ष नेताहरु चुनावमा पराजय हुने देखेर भएको बताइन्छ ।
यसअघि रोल्पा र काठमाडौँ क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिएका प्रचण्ड पछिल्लो पटक तराईप्रेमी समेत बनेका छन् । पहाडी क्षेत्रहरुमा हारको सम्भावना देखेर उनी तराईप्रेमी भएको आलोचकहरुको टिप्पणी रहेको छ । तराईमा पैसाका भरमा पनि निर्वाचन आफ्नो पकडमा पार्न सकिने तर पहाडमा त्यो सम्भावना नदेखेपछि उनी निर्वाचनमा तराईतिर बसाई सर्न खोजेको विश्लेषकहरुका ठम्याई छ ।
यसरी, विभिन्न बेला प्रचण्ड निर्वाचनमा आफ्नो पार्टी निर्वाचनमा पराजय हुने हो कि भनेर झस्किदै आईरहेको अवस्थामा विभिन्न अनुसन्धानहरुले एमाओवादी यो पटकको निर्वाचनमा पहिलो दल हुनै नसक्ने प्रतिवेदन सार्वजनिक गरेपछि कतै मंसिर ४ को निर्वाचन पछाडी धकेलिने त होइन भन्ने शंका पनि उति नै उब्जिएको छ ।

प्रकाशित मिति:
September 11, 2013