बाह्य शक्तिको बढ्दो चलखेलले राष्ट्रियता सङ्कटमा : थापा
भदौ १७ (रासस ) । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाह्य शक्तिको बढ्दो चलखेलबाट राष्ट्रमा अहिले सङ्कट उत्पन्न हुनुका साथै नेपालीहरू अल्पमतमा पर्ने खतरा बढेको बताएका छन्।
मकवानपुरको छतिवनमा आयोजित क्षेत्रीय प्रशिक्षण शिविरको उद्घाटन गर्दै थापाले मुलुकको विद्यमान सङ्कटको समाधान खोज्न नेकपा माओवादी लगायत अन्य दललाई साथै लिएर निर्वाचनमा जान सरकारलाई सुझाव दिएका छन्।
उनले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न चार दलीय संयन्त्रको प्रभावबाट अलग रही सरकारले कार्यसम्पादन गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन राजनीतिक दलहरूले राजासहितको प्रजातन्त्रलाई स्थान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति:
September 02, 2013