सिरियामा २० हजार व्यक्ति घरवार विहिन
भदौ १८ । संयुक्त राष्ट्र संघ अनुसार सिरियामा चलिरहेको द्धन्द्धले अहिले सम्म २० हजार भन्दा बढि मानिसहरु घरवार बिहिन भएको जनाएको छ ।
सिरियामा पछिल्लो छ महिनामा दोहोरो अंकमा व्यक्ति बिस्थापन हुने क्रम रहेको बिसिसीले जनाएको छ। संयुक्त राष्ट्र संघको एक प्रतिबेदन अनुसार सिरियामा अहिले सम्म ५० लाख भन्दा बढि मानिसहरु विस्थापनको सिकार भइसकेका छन । जुन सिरियाको कुल जनसख्याको एक तिहाई जनसख्या हो । मानिसहरु गाउँ छोडेर जाने क्रम ह्वात्तै बढिरहेको छ ।
विस्ताथितहरुलाई हेरीरहेको संयुक्त राष्ट्र संघका राजदूत एन्टोनियो गुतेरेसका अनुसार विस्थापित भएका हरुको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ र उनीहरुको स्वास्थ्य तथा खानपानमा पनि संकट आइरहेको बताइएको छ ।
पछिल्लो समय सिरियामा रासायनिक हतियारको प्रयोग भएको भन्दै बिदेशी समुदायहरुले चर्को बिरोध गर्दै आएका छन्।
सन् २०११ बाट सुरु भएको गृहयुद्धमा सिरियामा अहिले सम्म एक लाख भन्दा बढिको ज्यान गएको छ ।
प्रकाशित मिति:
September 03, 2013