पोखरामा अल्ट्राजहाज दुर्घटना,दुईको मृत्यु
असोज १७ । पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान पुम्दिभुम्दी गाविसको शान्ति स्तुपा नजिकै अल्ट्रालाईट खस्दा चालक र एक यात्रुको मृत्यु हो।
मृत्यु हुनेमा चालक स्टेफन श्रेष्ठ र चिनियाँ पर्यटक लियूजुन
रहेको प्रहरीले जनाएको छ । मृत्तको शव पोष्टमाटमका लागि पश्चिम अञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ । मौसम गडबढीले दुर्घटना भएकोअनुमान गरिएको छ ।
पोखराको रमणिय दृष्यावलोकनका लागी अल्ट्रालाइज जहाजलाई उपयोगी साधनको रुपमा लिने गरिएको पाइन्छ ।

प्रकाशित मिति:
October 03, 2013