झापामा २५ जना महिला उम्मेदवार पुरुषसँग भिड्दै
संविधानसभाको निर्वाचनमा झापाबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका महिला प्रभावशाली पुरुष उम्मेदवारसँग सशक्त प्रतिष्पर्धामा उत्रिएका छन्।
क्षेत्र नम्बर ३ मा एकीकृत नेकपा (माओवादी)बाट धर्मशीला चापागाई उम्मेदवार बन्नुभएको छ। उहाँले नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका बसन्त बानियाँ, राप्रपा नेपालका राजेन्द्र लिङ्देन लगायतसंग कडा प्रतिस्पर्धा गरिरहेका छन्।
चापागाई झापाकी प्रभावशाली महिला नेत्री हुन्। एमाओवादीको केन्द्रीय सदस्य रहेकी उनले अघिल्लो संविधानसभा निर्वाचनमा झापाकै क्षेत्र नम्बर ४ बाट बिजयी भइ स्वास्थ्य सहायक मन्त्रीसमेत बनेकी थिइन्।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट उम्मेदवार भएकी पवित्रा खरेल निरौलाले पनि अन्य दलका प्रभावशाली पुरुषसंगै चुनावमा भिडिरहेकी छन्।
उनको क्षेत्रमा नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधीर शिवाकोटी, एकीकृत नेकपा (माओवादी)का पूर्णसिंह राजवंशी, राप्रपा नेपालका भक्ति सिटौला उम्मेदवार छन्। राजवंशीले यसअघिको निर्वाचनमा क्षेत्र नम्बर ३ मा काँंग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरी चर्चा पाएका थिए।
एमालेकी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य खरेल झापामा सो दलभित्रकी सबैभन्दा प्रभावशाली नेत्री हुन्। पार्टीको जिल्ला सचिवको जिम्मेवारी पूरा गरिसकेकी उन पञ्चायतकालमै भूमिगत रही कम्युनिस्ट आन्दोलनमा होमिएकी थिइन्।
नेपाली काँग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेकी रामकुमारी पौडेल पनि अन्य दलका प्रभावशाली पुरुष नेतासंँग चुनावी टक्कर लिइरहेकी छन्। सो क्षेत्रमा नेकपा (एमाले)बाट पूर्व सभासद् दीपक कार्की, एमाओवादीका पुष्पलाल ढकाल, राप्रपा नेपालका अमर विष्ट उम्मेदवार छन्।
नेपाली काँग्रेसकी महासमिति सदस्य पौडेल पनि जिल्लामा नाम कहलिएकी नेत्री हन्। पार्टीले यसपालि सो क्षेत्रबाट अर्की महिला नेत्री फूलवती राजवंशीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन टिकट दिएको थियो। तर, व्यक्तिगत कारणले राजवंशीले टिकट फिर्ता गरे पछि पार्टीले पौडेललाई उम्मेदवार बनाएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा जिल्लाका सात वटा निर्वाचन क्षेत्रमा ४३ दलका १७४ जना प्रत्यक्षतर्फ उम्मेदवार रहेकामा २५ जना महिला छन्। जसमा प्रमुख दलतर्फ एमाओवादी, नेपाली काँग्रेस र एमालेले एक/एक जना र अन्य साना र नयाँ गरी १६ दलले २१ जना महिलालाई चुनावको मैदानमा उतारेका हुन्। एक जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएकी निर्वाचन कार्यालयले जनाएको छ।
मुलुककै राजनीतिक रुपमा अग्रणी मानिँदै आएको झापा जिल्लामा कूल उम्मेदवारमध्ये १४ प्रतिशत उम्मेदवार महिला छन्। आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलालाई ३३ प्रतिशत सहभागिताको आश्वासन दिँदै आएका दलले महिलालाई न्यून सङ्ख्यामा मात्र उम्मेदवार बनाएका छन्। जसका कारण आगामी संविधानसभामा महिलाको सङ्ख्या विगतको तुलनामा घट्ने अनुमान छ।
झापाबाट उम्मेदवार बनेकी महिला उम्मेदवार सबैभन्दा बढी क्षेत्र नम्बर २ मा छन्। नेकपा (एमाले)बाट पवित्रा खरेल, लिम्बूवान मुक्ति मोर्चा नेपालबाट मेनुका खतिवडा, सङ्घीय गणतान्त्रिक पार्टीबाट पार्वती कुमारी राजवंशी, राष्ट्रिय जनता दल नेपालबाट गीता रिख्यासन, नेपाल आमा दलबाट शान्तादेवी अधिकारी र स्वतन्त्रबाट चित्रलेखा पराजुली उम्मेदवार बनेका छन्।
यसैगरी, क्षेत्र नम्बर १ बाट नेपाल परिवार दलबाट रत्नकला पराजुली र तमलोपाबाट भाद्री राजवंशी गरी दुई जना मात्र उम्मेदवार बनेकी निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार क्षेत्र नम्बर ३ मा चार महिला उम्मेदवार चुनावी मैदानमा अन्य प्रभावशाली पुरुष उम्मेदवारसंँग भिड्दै छन्। जसमा एमाओवादीकी धर्मशीला चापागाई, मधेसी जनअधिकार फोरम (नेपाल)की मीना राजवंशी, तमलोपाकी श्यामकुमारी राजवंशी र सङ्घीय सद्भावना पार्टीकी खेमकुमारी राजवंशी छन्।
यसैगरी, क्षेत्र नम्बर ४ मा दुई जना मात्र महिला उम्मेदवारमा खस समावेशी राष्ट्रिय पार्टीकी देवकुमारी कार्की र युनाइटेड ग्रीन अर्गनाइजेसन नेपालकी निर्मलादेवी श्रेष्ठ छन्।
क्षेत्र नम्बर ५ मा राष्ट्रिय जनता दलकी कौशिलादेवी महतो, नेमकिपाकी शान्ति चौधरी, नेकपा संयुक्तकी हिमादेवी रिजाल र नेपाल आमा पार्टीकी चिन्तादेवी ढङ्ुगेल चुनावी प्रतिस्पर्धामा कम्मर कसेर लागेकी छन्।
क्षेत्र नम्बर ६ का चार महिला उम्मेदवारमा नेपाली काँग्रेसकी रामकुमारी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीकी शान्तिदेवी राई, राष्ट्रिय चुरेभावर पार्टीकी रञ्जु सिग्देल, नेकपा संयुक्तकी ज्योति पोमु, तमलोपाकी ज्ञानु राजवंशी चुनावी मैदानमा छन्। क्षेत्र नम्बर ७ मा राष्ट्रिय चुरेभावर दलबाट अम्बिका आचार्य र राष्ट्रि्रय मुक्ति आन्दोलनबाट देवीमाया राई मात्र महिला उम्मेदवार हन।
क्षेत्र नम्बर ७ मा एमालेका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीसंँग चुनावमा भिडिरहेका दुई महिला उम्मेदवार नयाँ दलका हुन्। क्षेत्र नम्बर ५ का महिला उम्मेदवारले एमाओवादीका जिल्ला इञ्चार्ज झलकसिंह मगरदेखि काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभासद् केशवकुमार बुढाथोकी र एमालेका एलपी साँवासंँग प्रतिस्पर्धामा उत्रिएका छन्।
यसैगरी क्षेत्र नम्बर ४ का महिला उम्मेदवारले काँग्रेसका जिल्ला सभापति उद्धव थापा, एमालेका प्रेम गिरी र एमाओवादीका जिल्ला सहइञ्चार्ज पुरुषोत्तम चुडालसंँग प्रतिस्पर्धा गरिरहेका छन्।
झापा क्षेत्र नं. ३ की एमाओवादी उम्मेदवार चापागाईले आफूले पार्टीको मात्र नभएर समग्र महिलाको प्रतिनिधित्व गरेर चुनावमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको बताए।
उनले सो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै भनिन्,'आदिवासी, जनजाति, दलित र अत्यन्त गरिबीको रेखामुनी रहेकाको बसोबास बाहुल्य भएको यस क्षेत्रका जनता आफूलाई मतदान गरी जिताउन आतुर रहेका छन्।''
यसैगरी क्षेत्र नं २ की एमाले उम्मेदवार पवित्रा निरौला खरेलले आफू कुनै पनि पुरुष उम्मेदवारभन्दा कमजोर नरहेको दाबी गर्दै अन्य पार्टीका महिलाले समेत आफूलाई महिला उम्मेदवार भएको नाताले मत दिने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन्,'घरदैलो अभियान तीव्ररुपमा चलिरहेको छ। मतदाताको साथ र समर्थन छ, त्यसैले अत्याधिक बहुमतबाट मेरो विजय हुने निश्चित छ।''
झापामा चार लाख ५४ हजार ४७६ मतदाता छन्, जसमध्ये आधाभन्दा बढी महिला रहेको निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताए। रासस

प्रकाशित मिति:
October 24, 2013