चुनावको विरोध गर्ने १ सय २० जना एकैदिन पक्राउ
कात्तिक ८ । घोषित मंसिरको चारको निर्वाचन आउन अब २५ दिन आउन बाँकी छँदा चुनाव विरोधी तथा हिंसात्मक र आचार संहिता विरोधी गतिविधि ह्वात्तै बढेर गएका छन् ।
निर्वाचनविरोधी गतिविधि गर्ने नेकपा–माओवादी र लिम्बुवानका १ सय २० जना नेता तथा कार्यकर्ता बिहीबार एकै दिन पक्राउ समेत परेका छन् ।
निर्वाचनविरोधी गतिविधि गरेको अभियोगमा प्रहरीले रसुवाको लहरेपौवामा जिल्ला इन्चार्ज फुर्वा तामाङ, सेक्रेटरी धु्रव खड्का र रमेश खड्कालाई पक्राउ गरेको छ । माओवादी ताम्सालिङले उनीहरूलाई ज्यान मार्ने मुद्धा चलाउन लागेको भन्दै आपत्ति जनाएको छ । निःसर्त पक्राउ परेकालाई रिहा गर्न माओवादीले माग पनि गरेको छ ।
मोरङ प्रहरीले पनि कोचिला राज्यसमितिका सदस्यसहित ५ जनालाई विराटनगरबाट कालो झन्डासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माओवादी कोचिला राज्य समिति सदस्य कुमार खतिवडा, माओवादी मोरङ जिल्ला सहइन्चार्ज जितेन्द्र महरा, जिल्ला सचिव लोचन धमला, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक बस्नेत र गणेश निरौला रहेको प्रहरीले जनाएको छ ।
रामेछापमा पनि निर्वाचनको बहिष्कारको प्रचार गर्दै हिँड्ने पाँच जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चुनावी बहिष्कारको पोस्टर टाँस्दै हिँडेका ताम्सालिङ राज्य समितिका सदस्य एवं रामेछाप सहसेक्रेटरी इन्द्र श्रेष्ठ, कैलाश थापा, इन्द्र तामाङ छिरिङ, चुडा कार्की र प्रेमबहादुर रम्तेललाई प्रहरीले पक्राउ गरेको हो ।
झापाको दमकबाट पनि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का एक सय ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनविरोधी मार्चपास गर्ने तयारी भइरहेका बेला प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । बसमा चढेर कार्यक्रमस्थल जाँदै गर्दा बसलाई नियन्त्रणमा लिएर उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई बिहीबार साँझ रिहाइ गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
October 25, 2013