कांग्रेसले टिकटसँगै १/१ लाख बोराबाट पैसा बाड्यो
असोज १६ । नेपाली कांग्रेसले घोषित निर्वाचनका लागि छनौट गरेका उम्मेदवारलाई एक एक लाख रुपैयाँ चुनावी खर्च बाँडेको छ ।
सभापति सुशील कोइरालाले टिकटसँगै उम्मेदवारको चिठी बुझ्न आएका प्रत्येक उम्मेदवारलाई चुनाव खर्च भन्दै पैसा वितरण गरेको हो ।
उम्मेदवारलाई बाँड्न सभापति कोइरालाले बोरामा हालेर बिहानै पार्टी कार्यालयमा पैसा ल्याएका थिए । दिनभर उम्मेदवारलाई बाँडेपछि बाँकी रहेको पैसाको बोरा आफ्नै गाडीमा राखेर बेलुका निवासमा फिर्ता लगेको नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसले तत्कालका लागि प्रत्येक उम्मेद्वारलाई पाँचरपाँच लाख दिने तयारी गरेको छ । अहिले टिकटसँगै एक लाख पाएका उम्मेद्वारले पछि थप चार लाख पाउने भएका छन् ।

प्रकाशित मिति:
October 02, 2013