सेना पुलिसका हतियार खोस्देनौँ र भरौटेहरुसँग झुक्दैनौँ पनि : वैद्य
कात्तिक। नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीलाई सेना प्रहरीसँग लड्छ, हतियार खोस्छ भनेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष वैद्यले आफूहरु साम्राज्यवाद र विस्तारवादका भरौटेहरुको सामु कुनै हालतमा नझुक्ने चेतावनी समेत दिए ।
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि आन्दोलन केन्द्रित हुनु स्वभाविक आक्रोश भएको टिप्पणी पनि गरेका छन् । अरु भन्दा अध्यक्ष दाहाल नै नेकपा माओवादीका विरुद्धमा बढी केन्द्रित भएकाले आन्दोलन पनि अलि बढी उनी केन्द्रित भएको उनको दाबी छ ।
आफ्नो आन्दोलन राजनीतिक आन्दोलन भएको दाबी गर्दै अध्यक्ष वैद्यले अहिलेको निर्वाचन सक्रिय र सशक्त बहिष्कार गर्नुको विकल्प नभएको जनाए ।
‘हाम्रो आन्दोलन राजनीतिक आन्दोलन हो, हामी सेना वा पुलिससँग लड्ने छैनौं, पार्टीले कुनै सुरक्षाकर्मीको हतियार पनि खोस्दैन’ राजधानी शनिबार आयोजित एक कार्यक्रममा उनले भने, तर नेपाललाई सिक्किमीकरण बनाउन नदिन भने जे गर्न पनि पछि हट्ने छैनौं ।
रगतको मुल्य जनताको संविधानमा अभिब्यक्त हुन नसकेको दावी गर्दै अध्यक्ष वैद्यले गोलमेच सभा र संविधानको अन्तरबस्तुको विषयमा छलफल गर्न पनि नदिइएकाले आफुहरुले मात्र नभई आम जनता पनि यो निर्वाचनको विपक्षमा रहेको बताए । संविधानको कुरा दोस्रो प्राथमिकताको सवाल भएको बताउदै उनले यही रियाले १,२,३ कुनै पनि हालतमा संविधान नबन्ने दाबी समेत गरे ।

प्रकाशित मिति:
October 26, 2013