नेपाललाई स्वर्गै बनाउछु भनेपनि हावादारी : गुरुङ
कात्तिक ९ । नेकपा–माओवादीका सचिव देव गुरुङले लेन्डुप दोर्जे चयन गर्ने प्रक्रिया देशभक्त नेपालीहरुले स्वीकार्न नसक्ने दावी गरेका छन् । संवाद डवलीमा नव जनवादी मोर्चाद्धारा आयोजित अन्तरक्रियामा उनले सो दावी गरेका हुन् ।
‘नेपाललाई स्वर्गै बनाउछु भनेपनि हावादारी हो’ उनले आसन्न संविधानसभामा संसदवादी दलहरुले चुनावी मैदानमा रहेका बेला टिप्पणी गर्दै अगाडि भने, ‘यसैले अब निर्वाचन रोक्न मात्र होइन, राष्ट्रिय आन्दोलन उठान हुनेछ ।’
उनले सोको लागि राष्ट्रिय राजनीतिक पार्टीहरुले समय छँदै विचार गरुन् नत्र राम राम भन्ने अवस्था आउने पनि जिकिर गरे । सचिव देव गुरुङले भने, ‘नेपाल र नेपाली जनताको आवश्यकताभन्दा बाह्य शक्ति केन्द्रको आवश्यकतामा निर्वाचन, नीति र नेतृत्व छनौट हुँदैछ ।’ उनको विचारमा यस्तो प्रक्रियाबाट चुनिएको नेतृत्वबाट संविधान बनेपनि नेपालको लागि औचित्यपूर्ण छैन ।
नव जनवादी मोर्चाका अध्यक्ष मैया कुमारी राईले नेपाली जनताले सत्ताले लादेको चुनाव स्वीकार गर्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘राज्यको ढुकुटी रित्याएर गरिने चुनावले राष्ट्रमा निकास दिने वाला छैन ।’ उनले आफ्नो पार्टीका केही अवसरवादीहरु नक्कली पद सिर्जना गरेर अरु पार्टीमा प्रवेश गरेको प्रचारको कुनै तुक नभउको पनि जानकारी दिइन् । उनले भनिन्, ‘रामराजाप्रसाद सिंहको अधुरा सपना पुरा गर्न हामी निरन्तर क्रियाशील छौ ।’
यस्तै, योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषदका अध्यक्ष शंकर पौडेलले अहिलेको प्रक्रियाबाट चुनिएका नेताहरु न्ेपाली जनताले नस्वीकार्ने दावी गरे । उनले उनीहरुले बनाउने संविधान पनि नेपालपक्षीय नहुने भएकाले सबभन्दा पहिले संविधान च्यात्न आफुहरु लागि पर्ने जिकिर गरे । उनको तर्क छ, ‘सेना परिचालन गरेर गर्ने चुनावले निकास दिदैन, यसले विकास गर्ने आधार घटाउँछ ।’
यस्तै सोही अन्तरक्रियामा बहादुर शाह प्रतिष्ठानका अध्यक्ष दिवाकर विक्रम शाह लगायतले अहिलेको निर्वाचन कुनै पनि हालतमा सफल हुन नदिने दावी गरे । उनले भने, ‘आम नेपाली जनतालाई गुमराहमा पार्ने काम कोही कसैले स्वीकार्न सक्तैनन् ।’

प्रकाशित मिति:
October 26, 2013