गच्छदारमाथि कारबाहीको तयारी, ४८ घण्टे अल्टिमेटम
कात्तिक ९ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका विषयमा मधेसी
जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई कारबाहीको तयारी
गरेको छ ।
आयोगले अध्यक्ष विजय गच्छदारलाई स्पष्टीकरण सोधेको छ । स्पष्टिकरणमा 'कारबाही किन नगर्ने ?’ भन्ने बेहोराको पत्रमा कारबाही नगर्नुपर्ने कारण भए २४ घन्टाभित्र पेस गर्न अल्टिमेटम समेत दिइएको छ ।
कान्तिपुरमा छापिएको समाचारमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कुनै पनि पक्षबाट हुने आचारसंहिता उल्लंघन सह्य नहुने बताए । ‘हामीले २४ घन्टाको समय दिएर उहाँलाई प्रष्टिकरण सोधेका छौं,’ उनले भने ।
निर्वाचन कानुन अनुसार चुनावको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने भएकाले आचारसंहिता उलंघन गर्नेलाई उम्मेदवारी रद्द गर्ने, जरिवाना र ६ वर्षसम्म चुनावलड्न नपाउने घोषणा गरी सजाय दिनसक्ने अधिकार आयोगसँग छ ।
आचारसंहिता अनुसार एक उम्मेदवारले आयोगबाट अनुमति दिएर दुईवटा हलुका सवारी साधन मात्र प्रयोग गर्न पाइन्छ, तर गच्छदारले बिहीबार विराटनगरमा तेलसमेत वितरण गरी सयौं सवारी साधन चुनावी कार्यक्रममा प्रयोग गरेका थिए।

प्रकाशित मिति:
October 26, 2013