बाबुराम भट्टराईद्धारा नै बुटवलमा आचार संहिता उल्लंघन
कार्तिक ९ । एनेकपा माओवादीले रुपन्देही क्षेत्र नं ४ मा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको स्थानीय प्रशासनले जनाएको छ ।
रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा. वावुराम भट्टराईकै सहभागितामा आचारसंहिता उल्लंघन भएपछि स्थानीय प्रशासनले उनको कार्यक्रममा रोक लगाएको कारोबारमा समाचार छ।
विहीवार सांझ बुटवल १३ बुद्धनगरमा आयोजित प्रचार कार्यालयको उद्घाटन कार्यक्रममा सहभागि हुन गएका डा.भट्टराइलाई स्थानीय वासिन्दाले आचारसंहिता विपरित रातीमा कार्यक्रम गर्न खोजेको भन्दै तीव्र विरोध गरेका थिए ।स्थानीय युवाहरुको विरोधपछि भट्टराइले उक्त कार्यक्रम सम्वोधन नै नगरि फर्किएका बाध्य भएका थिए ।
लगत्तै बुटवल १३ बुद्धनगरमै आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय प्रशासनले रोक लगाएको छ । डा.भट्टराइ सहभागि भएको उक्त सांस्कृतिक कार्यक्रम आचारसंहिता विपरित हुने भन्दै प्रहरीले रोक लगाएको थियो ।
बुद्धनगरमा आचार संहिता विपरित रातीमा कार्यक्रम हुन थालेको जानकारी पाएपछि त्यस्तो कार्यक्रम स्थगित गर्न आफुहरुले आग्रह गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख राजकुमार वैदवारले जानकारी दिएका छन् ।
यस्तै डा. भट्टराइले बुटवलका विभिन्न विद्यालयहरुमा अध्ययन अध्यापन कार्य प्रभावित हुनेगरि चुनावी भेला तथा सभाहरुको आयोजना गरेका हुन् । विहीवार सांझ बुटवल स्थित तिनाउ वोर्डिङ् स्कुलमा एमाओवादी समर्थित बुद्धिजिवीहरुको भेलाका नाममा आयोजना गरिएको कार्यक्रमलाई एमाओवादी नेता भट्टराईले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति:
October 26, 2013