चर्चित साहित्यकार घिमिरे नो मोर
कार्तिक १४ । नेपाली चर्चित साहित्यकार जगदिश घिमिरेको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित घिमिरेको ६८ बर्षको उमेरमा आज विहान ५:५५ मा काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ । उनी लामो समय देखि क्यानसरको रोगबाट पिडित रहेका थिए ।
घिमिरेले अन्तरमगनको यात्रा लेखनबाट मदन पुरस्कार प्राप्त गरेका थिए । क्यान्सरको पीडादायी उपचारसँग जुध्ने क्रममा उनले अन्तरमगनको यात्रा लेखेका थिए। सोही पुस्तकले उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो । उनका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् ।
अघिल्लो बर्ष उनले प्रकाशन गरेको उपन्यास ‘सकस’ राम्रो कृतिका रुपमा दरिएको थियो ।
घिमिरेको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रकाशित मिति:
October 31, 2013