चुनाव खर्च जुटाउन १० रुपैयाँमा प्रचा बेच्दै एमाओवादी श्रेष्ठ
कात्तिक १४ । अरु उम्मेदवार सित्तैमा चुनावी पर्चा बाढिरहेपनि एमाओवादीका नारायणकाजी श्रेष्ठ भने चुनाव खर्च जुटाउन भन्दै १० रुपैयाँमा पर्चा बेचिरहेका छन् ।
उनले मतदातासँग नै पैसा लिएर पर्चा बेचिरहेका हुन् ।
मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले मतदातालाई पर्चा बेच्ने नयाँ अभियान थालेको अन्नपूर्णमा खबर छ ।
‘थाहा’ अभियान अभियन्ता रुपचन्द्र विष्टलाई पछ्याउँदै उनले यस्तो अभियान थालेका हुन् । विष्टले तत्कालीन पञ्चायती व्यवस्थामा हुने निर्वाचनमा पाँचदेखि ५० पैसासम्म लिएर पर्चा बेच्थे । विष्टकै गृह क्षेत्रबाट चुनाव लडेका श्रेष्ठले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पत्रकारलाई पनि १० रुपैयाँमा आफ्नो प्रचार पर्चा बेचे ।
उनले पत्रकारहरुलाई समेत १० रुपैयाँमा पर्चा बेचेका थिए । मतदाताबाट चुनाव खर्च जुटाउन यस्तो अभियान थालेको उनको भनाई छ ।

प्रकाशित मिति:
October 31, 2013