विश्वका फेसबुक चलाउनेको अनुहार एक्कै स्थानमा
के तपाइले संसारका सबै फेसबुक प्रयोगकर्ताको अनुहार हेर्नु भएको छ ? पक्कै पनि छैन । किनकी तपाइको फेसबुकमा सबै जना साथी नै छैनन् । अनी खोज्न पनि असम्भब नै हुन्छ ।
तर अहिले तपाईले बिश्वका फेसबुक प्रयोग कर्तालाई एकै पटक हेर्न सक्नु हुने भएको छ । जसको लागि नयाँ एप्स बजारमा आएको छ ।
यसबाट फेसबुकमा रहेका १.१६ अरब मानिसको अनुहार हेर्न सकिने भएको छ । त्यसैमा तपाइको अनुहार पनि सामेल रहेको छ ।
उक्त एप्पमा गएर हेरेको खण्डमा तपाईले फेसबुकका रहेका व्यक्तिको काउन्टिङ र कलरफुल डट्स देखिन्छ । त्यही कलरफुल डट्समा फेसबुक प्रयोगकर्ताको प्रोफाइल फोटो देख्न पाइने छ ।कलरफुल डट्स चलाएको खण्डमा तपार्इको तस्बिर हेर्न सक्नुहुने छ । यसमा सबै भन्दा पहिले फेसबुक निमार्ता मार्क जुकेम्बरको नाम र फोटो रहेको देख्न सकिन्छ ।
प्रकाशित मिति:
October 01, 2013