गगन थापाकै विरुद्धमा नेतृ सुप्रभाको बागी उम्मेदवारी
असोज १७ – नेपाली कांग्रेसका युवा नेता गगन थापाकै विरुद्धमा काठमाडौं क्षेत्र नं ४ कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेद्वारी दिएकी छिन् ।
अघिल्लो निर्वाचनमा क्षेत्र नं ४ बाट नै जितेकी घिमिरेले आफ्नो साटो युवा नेता गगन थापालाई टिकट दिएको विरोधमा बागी उमेदवारी दिएकी हुन् ।
उनको जितेको ठाउँमा गगनलाई सिफारिस गरिएपछि बुधबार नेपाली कांग्रेस परित्यागको घोषणा गरेकी थिइन् ।
यस्तै काठमाडौंकै क्षेत्र नं ३ बाट एकीकृत माओवादीका गणेश लामाले पनि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
प्रकाशित मिति:
October 03, 2013