प्रहरीले गोली चलायो, गोली लागि २ मारिए
कात्तिक १२ । स्थानीय माया बिकको आत्महत्याबारे प्रहरीले गरेको अनुसन्धान चित्त नबुझेको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीयमाथि स्याङ्जामा प्रहरीले गोली चलाएको छ ।
स्याङ्जा चापाकोट गाविसकी एक दलित महिलाको मृत्युको निष्पक्ष अनुसन्धान नगरेको भनि प्रहरी चौकी घेर्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ भने ३ जना घाइते समेत भएका छन् ।
गोली लागेर चापकोटकै २१ वर्षीय सुर्य आले र १८ वर्षीय कृष्ण भट्टराईको घटनास्थलमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । चार सय जाना भन्दा बढि चौकी घेर्न गएको बताइएको छ ।
बिकले टीकाको अघिल्लो दिन आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर स्थानीयले भने ३५ वर्षीया मायाको पति र सासुले हत्या गरेर झुण्डाएको आरोप लगाएर अनुसन्धान माग गर्दै आएका छन् ।

प्रकाशित मिति:
October 29, 2013