भुवन केसीलाई टिकट दिएको भन्दै दर्जनौँ नेता कार्यकर्ताले एमाले छाडे
असोज १६ । भुवन केसीलाई एमालेले टिकट दिएको भन्दै दर्जनौँ नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् ।
केसीलाई एमालेले काठमाडौँ क्षेत्र नम्बरका १ का लागि प्रत्यक्षमा टिकट लगत्तै काठमाडौंका २९ स्थानिय नेता तथा कार्यकर्ताले एमाले छाडेका हुन् ।
यसअघि काठमाडौं क्षेत्र नम्बर १ बाट कानुनवीद् विदुर मैनालीलाई उठाउने निर्णय गरिसकेको एमाले शिर्ष नेताले आफ्नै पूर्व बचनलाई उल्ट्याउँदै टिकट नपाउँदा राप्रपा नेपाल जाने घुर्की लगाउने केसीलाई टिकट दिएको भनेर रुष्ट बनेका हुन् ।
एमालेबाट राजीनामा दिने क्रममा उनीहरुले भुवन केसीलाई दुई जिब्रेको संज्ञा समेत दिएका छन् ।
राजिनामा दिएर एमाले छाड्नेहरुमा काठमाडौंका क्षेत्रीय सभापति भानुभक्त घिमिरे, उपाध्यक्ष कृष्ण खरेललगायत रहेका छन् ।
राजिनामा दिएका एमाले नेताहरुले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गर्ने, प्रत्यक्षमा पार्टीले बनाएको उमेद्वारलाई भोट नहाल्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रकाशित मिति:
October 02, 2013